+
+

एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना, मंगलबारदेखि सुधार हुनेछ मौसम

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते ८:१६

३१ भदौ, काठमाडौं । मौसममा अहिले भइरहेको बदली र वर्षाको प्रभाव मंगलबारदेखि कम हुँदै जाने मौसमविदले बताएका छन् ।

हाल भारतको मध्यप्रदेशतिर विकसित भएको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा पनि असर गरे पनि अब मंगलबारबाट असर कम हुँदै जाने पूर्वानुमान गरिएको हो ।

मौसमविद गोविन्द झाले आजसम्म बदली र वर्षाको प्रभाव आजसम्म कायमै रहे पनि मंगलबारबाट मौसममा क्रमिक सुधार हुँदै जाने जानकारी दिए । ‘आगामी २४ घण्टा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ,’ मौसमविद झाले भने, ‘कोशी प्रदेशका तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । भोलिबाट भने केही इम्प्रुभ हुँदै जानेछ ।’

भारतीय भूमिमा विकसित भएको प्रणाली नेपालको पश्चिम भूभागभन्दा पनि परबाट गइरहेकाले त्यसको असर अब कम हुँदै जाने पूर्वानुमान गरिएको हो ।

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ । साथै देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।

त्यसैले आज दिउँसो कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज नै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?