+
+

आइफोनमा Lock Screen Shortcut कसरी बनाउने ?

एजेन्सी एजेन्सी
२०८१ भदौ ३१ गते ९:२३

आइफोनमा हुने शर्टकट्स एपले विभिन्न प्रकारका अटोमेसन बनाउनका लागि धेरै खालका विकल्प प्रदान गर्दछ । त्यसमध्ये एउटा हो, आइफोन लक स्क्रिन शर्टकट ।

सामान्यतया आइफोन प्रयोगकर्ताहरुले एउटा कस्टम अटोमेसन, होम स्क्रिन बटन वा सिरीको प्रयोग गरेर आइफोनको स्क्रिन लक गर्न सक्दछन् । हुनत सिरीको विकल्प शर्टकट बिना पनि उपलब्ध छ, तर, यसलाई कस्टमाइज गर्न सकिंदैन ।

जब आइफोन लक स्क्रीन शटकट चालु गरिन्छ, तब स्क्रीन केही समयका लागि बल्दछ । त्यसपछि मात्रै स्क्रिन निभ्छ वा आइफोन १४ तथा १५ को प्रो भर्सनमा हुने बधिबथक(यल मष्कउबिथ मा धमिलो बन्दछ।

यो शर्टकट टूल विभिन्न कारणले गर्दा उपयोगी हुन्छ । यसले फोनको पहुँचयोग्यतामा सुधार गर्दछ र फोनमा अटो लक टाइमर राख्न नचाहने तथा साइड बटन नदबाइकन फोन लक गर्न चाहनेका लागि समेत उपयोगी हुन्छ ।

आइफोन लक स्क्रनि शर्टकट कसरी सेटअप गर्ने ?

iPhone Lock Screen Shortcut 1

  • आफ्नो आइफोनमा Shortcuts एप खोल्नुहोस् (लक स्क्रिन शर्टकट iOS 16.4 र त्यसपछि उपलब्ध छ)।
  • नयाँ Shortcut थप्नका लागि सबैभन्दा माथि दायाँ कुनामा रहेको + बटनमा ट्याप गर्नुहोस्
  • Add Action मा ट्याप गर्नुहोस्  अनि सर्च बार प्रयोग गरेर Lock Screen खोज्नुहोस्।
  • तपाईंले Done मा ट्याप गरेर बेसिक शर्टकट थप्न सक्नुहुन्छ वा शर्टकटलाई कस्टमाइज पनि गर्न सक्नुहुन्छ। Shortcut लाई edit गर्दा ड्रपडाउन एरोमा ट्याप गरेर आफ्नो होमस्क्रिनमा थप जोड्न सक्नुहुन्छ।
  • Lock Screen Shortcut मा थिचेर केहीबेर रोकिनुहोस् र त्यसपछि उक्त शर्टकटलाई रिनेम गर्न सक्नुहुन्छ।
  • थप जानकारी  एप्पलको Shortcuts User Guide र MacStories Shortcuts Archive बाट पनि प्राप्त गर्न सकिन्छ।

iPhone Lock Screen Shortcut 2

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?