+
+

गुगलको यस्तो विशेषता, जसले अश्लील सामग्री आफैं ब्लर गर्छ

एजेन्सी एजेन्सी
२०८१ भदौ ३१ गते ९:३४

के तपाईंले आफ्नो स्मार्टफोन आफ्ना बच्चाहरूलाई पनि चलाउन दिनुहुन्छ ? गुगलले सर्च इन्जिनमा खोजेका तपाईंका हरेक प्रश्नको जवाफ शब्द र चित्र दुवैका रुपमा प्रस्तुत गर्दछ भन्ने कुरा हामी सबैलाई थाहा छ।

त्यसैले कुनै पनि अनुचित शब्द सर्च बक्समा टाइप गर्दा त्यसले ठूलो समस्या निम्त्याउन सक्छ। किनकि यौन गतिविधि, हिंसा र रक्तपातसम्बन्धी तस्वीरहरू सार्वजनिक ठाउँमा देखिनु लज्जास्पद हुन सक्छ ।

यसैगरी, तपाईंको बच्चाले यस्तो सामग्री हेर्दा उनीहरूलाई त्यसले गहिरो नकारात्मक प्रभाव पार्न सक्छ।

अतः यदि तपाईंको बच्चाले तपाईंको फोन प्रयोग गर्छ भने गुगल सर्चको एक विशेष फिचरबारे , तपाईंले जान्नैपर्ने हुन्छ।

अश्लील सामग्री आफैं धमिलो बन्नेछ

गुगलले आफ्नो सर्च इञ्जिनमा Google Safe Search  फिचरको सुविधा उपलब्ध गराएको छ । सेफ सर्च फिचरसँगै नग्नता, यौन क्रियाकलाप देखाउने ग्राफिक्स वा सामग्रीलाई अश्लीलताको श्रेणीमा राखिन्छ। यसैगरी, हिंसा र रक्तपात देखाउने सामग्रीलाई पनि यस प्रकारको श्रेणीमा राखिन्छ।

जब तपाईंले फोनमा सेफ सर्च सेटिङ इनेबल गर्नुहुन्छ तब यस्तो खालका सामग्रीहरू फिल्टर हुन्छन् । यसका अलावा यो सेटिङ सक्रिय बनाएसँगै  यस्ता सर्च रिजल्टहरु धुमिल वा ब्लर देखिन्छन् ।

गुगल सेफ सर्च फिचरलाई यसरी सक्रिय बनाउनुहोस्

  • सबैभन्दा पहिले फोनमा गुगल एप खोल्नुहोस्।
  • त्यसपछि स्क्रिनको सबैभन्दा माथि दायाँतिर प्रोफाइलमा ट्याप गर्नुहोस्।
  • त्यसपछि SafeSearch अप्सनमा ट्याप गर्नुहोस्।
  • त्यहाँ तपाईंले Filter वा Blur विकल्पमध्ये कुनै एक छान्न सक्नुहुन्छ।

Filter को अर्थ अश्लील सामग्री सर्च गर्दा रिजल्टहरु फिल्टर हुनेछन् अनि स्क्रिनमा त्यस्ता तस्वीरहरू देखिंदैनन् ।

Blur को अर्थ  अश्लील सामग्री सर्च गर्दा रिजल्टहरू त देखिनेछन्, तर ती धुमिल हुनेछ। स्क्रिनमा त्यस्ता तस्वीरहरू धुमिल रूपमा देखिन्छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?