+
+

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते ९:४८

३१ भदौ, जनकपुरधाम । मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आज मधेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

गृह, संचार तथा कानुन मन्त्रालयले शुक्रबार नै सूचना जारी गर्दै आज पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा रहेको जनाएको थियो ।

मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकले पैगम्बर मोहम्मदको जन्मदिनमा बिदा दिने निर्णय गरेको हो ।

संघीय सरकारले भने आज मुस्लिम धर्मावलम्बीहरूलाई मात्रै बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?