+
+

एक हजारका ११५ थान नक्कली नोटसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते ९:४३

३१ भदौ, काठमाडौं । एक हजारका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ३ घर भइ हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन् ।

उनले भाडामा लिएको ललितपुर महानगरपालिका ८ सौगलमा रहेको कोठाबाट नक्कली नोटसहित पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनको साथबाट नक्कली नोटसहित एउटा फोटोकपी मेसिन र एक हजारको सक्कली नोट पनि बरामद गरिएको उनले बताए ।

पक्राउ परेका रोक्कालाई ललितपुर जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?