+
+

करणराज कार्कीको ‘गल्ती मेरो छैन-२’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते ११:५८

काठमाडौं । गायक तथा संगीतकार करणराज कार्कीले ‘गल्ती मेरो छैन’ गीतको दोस्रो भर्सन ल्याएका छन् । र्‍याप समेत मिश्रित यो गीतमा करणराजकै शब्द तथा संगीत छ । गीतमा करणराज, बुलेट फ्लो, रेश्मा पुन, शशिका राई र सारा अधिकारीको स्वर छ ।

गल्ती मेरो छैन आज ढिलो हुनुमा

कहीं कतै अल्झेगें भूल मेरो छैन

त्यसैले नजाऊ मलाई छाडेर

मायाका वाचा कसम तोडेर

यो गीतको पहिलो भर्सन निकै लोकप्रिय भएको थियो ।

गीतको भिडियोलाई निर्देशक कुवाङले डान्सिङ शैलीमा प्रस्तुत गरेका छन् । भिडियोमा प्रतीक्षा लिम्बू फिचर्ड छिन् भने अन्य कलाकारमा रिया तामाङ, कृपा श्रेष्ठ, हितोक लामा, प्रिसु तामाङ, निशा पौडेल, सर्मी बिसी, अनिषा क्षेत्री र तनुजा मगर छन् । भिडियोमा करणराज र बुलेट फ्लो पनि देखिएका छन् ।

भिडियोमा पुनम श्रेष्ठ र सुवास भट्टको कोरियोग्राफी, लोकेन्द्र सुब्बाको छायांकन तथा सम्पादन छ । करणराजले गायन रियालिटी शो नेपाल आइडल र भ्वाइस अफ नेपालमा संगीत प्रशिक्षण समेत दिंदै आएका छन् । ‘गल्ती मेरो छैन २’ ‘करणराज कार्की’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?