+
+

लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड वितरण (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १२:१७

काठमाडौं । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ मा उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । शनिबार बेलुका लण्डनस्थित ग्रीनफर्ड हलमा पुरस्कार वितरण गरियो ।

अनमोल केसी ‘फर्की फर्की’बाट अभिनेतातर्फ उत्कृष्ट बने । केकी अधिकारी ‘प्रसाद २’ बाट उत्कृष्ट अभिनेत्री घोषित भइन् । ‘जारी’बाट सुब्बाले उत्कृष्ट निर्देशकको ट्रफी उचाले ।

सर्वोत्कृष्ट पटकथा विधामा ‘दिमाग खराब’बाट आकाश बराल उत्कृष्ट बने । खलपात्र विधामा ‘प्रसाद २’ बाट अर्पण थापा उत्कृष्ट बने । ‘प्रसाद २’ बाट राजेश श्रेष्ठ उत्कृष्ट छायाकार बने । ‘फर्की फर्की’बाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक, ‘बोक्सीको घरको गीत’ ‘बुझिन मैले’बाट प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार, ‘चरी बस्यो’ (जारी)बाट कालीप्रसाद बाँस्कोटा सर्वोत्कृष्ट पार्श्व गायक, ‘बुझिन मैले’बाट समीक्षा अधिकारी सर्वोत्कृष्ट पार्श्व गायिका र सर्वोत्कृष्ट नृत्य निर्देशकतर्फ ‘पुजार सार्की’बाट शिशिर खत्री (दर्शन गरें)ले अवार्ड हात पारे ।

दयाहाङ राई ‘जारी’बाट पपुलर अभिनेता घोषित भए । सोही फिल्मबाट मिरुना मगरले पपुलर अभिनेत्रीको अवार्ड प्राप्त गरिन् । जुरीतर्फ ‘पुजार सार्की’बाट प्रदीप खड्का सर्वोत्कृष्ट अभिनेता र ‘बोक्सीको घर’बाट सुपला सापकोटा उत्कृष्ट अभिनेत्री बने ।

पब्लिक च्वाइसतर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड पल शाहले जित्दा सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङ घोषित भइन् । ‘पर्फमर अफ दी इयर’को अवार्ड मोडल तथा डान्सर सुशान्त खत्रीले जिते । प्रोत्साहन अवार्ड फिल्म ‘लण्डन टु पेरिस’बाट गरिमा शर्माले प्राप्त गरिन् ।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट भुवन केसी सम्मानित भए । भुवनले सम्मान प्राप्त गर्दा उनको सम्मानमा छोरा अनमोलले खुट्टा ढोगे । यति नेपाली एसोसिएसन बेलायतको आयोजना र संगीक्षा फिल्म्स इन्टरटेनमेन्टको व्यवस्थापनमा अवार्ड कार्यक्रम गरिएको हो ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?