+
+

संविधान दिवसका दिन दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १२:४३

काठमाडौं । यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै वृहत नागरिक आयोजक समितिले असोज ३ गते संविधान दिवसमा ‘नेसनल डे कन्सर्ट’ गरिने जनाएको छ ।

उक्त कन्सर्टले नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकको विश्वास छ । उक्त कन्सर्टले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्न, युवापुस्तामा एकताको भावना जोगाउन र नागरिक संलग्नता बढाउन सहयोग पुर्‍याउने विश्वास आयोजकले लिएको छ ।

कन्सर्टले देशको सांस्कृतिक सम्पदा, उपलब्धि र राष्ट्रको प्रतिभालाई उजागर गर्ने विश्वास लिइएको छ । राष्ट्रिय र अन्तरर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्न, युवापुस्तामा एकताको भावना जगाउन र नागरिक संलग्नता बढाउन सहयोग पुर्‍याउने विश्वास समेत छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आम जनतामा देशभक्तिको गहिरो भावना जगाउन, आफ्नो राष्ट्र, भाषा र संस्कृतिप्रतिको गहिरो प्रेमलाई प्रोत्साहन गर्न, सांस्कृतिक सम्पदा र भाषिक विविधताको प्रवर्द्धन गर्दै नेपाली राष्ट्रिय गीत संगीतको माध्यमबाट जनमानसमा राष्ट्रिय भावना सञ्चार गर्न संविधान दिवस तथा राष्ट्रिय दिवसका दिन कन्सर्ट गर्न लागिएको बताए ।

कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायत गायक-गायिका सहित चर्चित ब्याण्डहरु कुटुम्ब र एलिमेन्ट्सले समेत प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?