+
+

कान्ति लोकपथलाई राष्ट्रिय राजमार्गको मापदण्ड तोकिएको भन्दै स्थानीय आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १३:११

३१ भदौ, काठमाडौं । एकान्तकुना–टीकाभैरव हुँदै हेटौंडा जोड्ने गरी बनिरहेको कान्ति लोकपथलाई राष्ट्रिय राजमार्ग बनाएर आफूहरुलाई सुकुम्बासी बनाउन लागेको भन्दै स्थानीयहरु आन्दोलित बनेका छन् ।

लोकपथ हुँदा दायाँ–बायाँ २२ मिटर मापदण्ड रहेकोमा हाल राष्ट्रिय राजमार्गको हवाला दिंदै ६२ मिटर मापदण्ड कायम भएपछि उनीहरु आन्दोलित बनेका हुन् । सरकारले २०७६ सालमै कान्ति लोकपथलाई राष्ट्रिय राजमार्ग बनाउने निर्णय गरे पनि हालसम्म स्थानीयसँग लुकाएको प्रभावित क्षेत्रका विदुर खड्काले आरोप लगाए । उनीहरुले २०७६ जेठ ६ गते भएको मन्त्रिपरिषद्‍को निर्णय खारेज गर्न पनि माग गरेका छन् ।

‘पहिले हामीलाई केही पनि थाहा थिएन । हेटौंडासँग जोड्ने लोकमार्ग हो भनियो । तर, अहिले केहीले घर बनाउन अनुमति लिन जाँदा नपाएपछि नयाँ मापदण्डबारे खुल्यो’ खड्काले अनलाइनखबरसँग भने, ‘२०७६ सालमै निर्णय भएको भनिएको छ । त्यसबेला भएको निर्णय अहिलेसम्म किन लुकाइयो ?’

काठमाडौंलाई तराईसँग जोड्ने गरी विस्तार भइरहेको कान्ति लोकपथ निर्माण भइरहेको छ । उक्त सडकखण्डअन्तर्गत पर्ने एकान्तकुना–टीकाभैरव क्षेत्रमा नयाँ मापदण्ड लागू भए करिब २ हजार परिवार घरबारविहीन हुनुपर्ने खड्काको दाबी छ ।

‘२०७६ सालभन्दा अगाडि २२ मिटर नै थियो । अहिले सडक विभागले नगरपालिकालाई मापदण्डभित्रको निर्माण कार्य रोक्नू भनेर पत्राचार गरेको रहेछ, नगरपालिकाले पनि अनुमति दिंदैन’ खड्काले भने, ‘पालिकाले अहिले बनिरहेका संरचनामा पनि रोक लगाइराखेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?