+
+

वीरगञ्जमा प्राइम अटो ट्रेडर्सबाट पन्च ईभीको डेलिभरी सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १३:१५

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो–रुम उद्घाटनसँगै वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरु भएको छ ।

उद्घाटन कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकलाई गाडी हस्तान्तरण समेत गरिएको छ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीको र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर उद्घाटन गरे ।

पन्च ईभीको रिजनल लन्च अन्तर्गत वीरगञ्जको लन्चको मौका पारेर नयाँ शोरुमको पनि उद्घाटन गरिएको प्राइम अटो ट्रेडर्सका निर्देशक सुवोध सापकोटाले जानकारी दिए । सोही कार्यक्रममा पन्च ईभी बुक गरेका ग्राहकलाई डेलिभरी दिन पाउँदा खुसी लागेको उनले बताए ।

कम्पनीले टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

पन्च ईभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुई सेगमेन्ट माथिको विशेषताहरू भ्वाइस एसिस्टेड सनरुफका साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷एप्पल कार प्लेको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।

पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ भने यो गाडी बीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?