+

७औं कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दोमा सहिद स्मृति स्कुल प्रथम

२०८१ भदौ  ३१ गते १३:२४ २०८१ भदौ ३१ गते १३:२४
७औं कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दोमा सहिद स्मृति स्कुल प्रथम

३१ भदौ, काठमाडौं । ७औं कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दो रनिङ सिल्ड प्रतियोगितामा सहिद स्मृति स्कुल प्रथम भएको छ । स्कुलले १३ स्वर्ण ५ रजत र ३ कांस्यसहित प्रतियोगिता जितेको हो ।

प्रतियोगितामा २० किलो पुरूषतर्फ प्रथम सुप्रीम गुरुङ (याप्सुलुट) दोस्रो सिम्मसन गुरूङ (सहिद स्मृति)तृतीय आरोन थापा (पोखरा),अब्रीम बराल (राइजिङ स्टार), २० किलो महिलातर्फ प्रथम अध्या श्री(याप्सुलुट) दोस्रो श्रृंखला नेपाली (ईंप्याक्ट) तृतीय लक्ष्मी तामाङ(सहिद स्मृति) र तृतीय जानु तामाङ(लक्ष्मी मा.वि)ले जिते ।

त्यस्तै २३ किलो पुरूषतर्फ प्रथम विवेक शाही (सहिद स्मृति) दोस्रो विराज भण्डारी (याप्सुलुट) तृतीय निश्चल ढकाल(लक्ष्मी मा.वि) र तृतीय बुद्धि लङ्का मगर(बालप्रभात) भए ।

महिला २३ किलोतर्फ प्रथम अनुष्का घर्ती मगर(सहिद स्मृति) दोस्रो संस्कृति लामिछाने(रिठेपानी) तृतीय एन्जल बुढामगर(हिमालयन टाईगर) र निश्मा गिरी(यसोदा) भए । ३५ केजी महिलातर्फ रोजी महर्जन(शुक्रराज) दोस्रोमा आश्रा पुन(सहिद स्मृति) तृतीय दिया घर्तीमगर(राइजिङ स्टार) भइन् ।

र सिलेष्टी अधिकारी(पिपुल टुगेदर) त्यसैगरी ३८ केजी महिला तर्फ बिपसा कुमाल(सहिद स्मृति) दोस्रो मारियाम खातुन(हिमालयन टाईगर) तृतीय दिव्यानी बन्जरा(कास्की मोर्नाईज) र अन्तिमा किसी(पिपुल टुगेदर) त्यसैगरी ५१ केजी पुरूष तर्फ प्रथम अजय जिसी(सहिद स्मृति) दोस्रो करुण खाँड(याप्सुलुट) तेस्रो सुशान्त कुमार श्रेष्ठ(सैनिक) र सचिन आले मगर( सगरमाथा) भए ।

पुरूष २६ केजीतर्फ प्रथम केवि तामाङ(सहिद स्मृति) दोस्रो सीभ्जन पुन(हिमालयन टाइगर), २६ किलो महिला तर्फ प्रथम सञ्जु शाही(सहिद स्मृति) र २९ केजी पुरूष तर्फ प्रथम जेनिस घर्ती(सहिद स्मृति) दोस्रो जेमेन गुरुङ(याप्सुलुट) तृतीय सुजित मानन्धर(पिपुल टुगेदर) र सुभम लामिछाने(यसोदा) २९ केजी महिला तर्फ शृष्टी राई(हिमालयन टाइगर) तृतीय अन्जु गुरुङ(सहिद स्मृति) भइन् ।

५३ किलो महिलातर्फ प्रथम पूजा जैसी(वल्ड मिसन) दोस्रो निकिता गुरुङ(लेकसाइड) तृतीय विपना गुरुङ(लेखनाथ) र तृतीय क्रिस्टिना डी.आर (पोखरा) भइन् ।

एकल पुम्से महिलातर्फ प्रथम प्रतीक्षा राना(याप्सुलुट) दोस्रो रक्षा पूर्जा(पोखरा) तृतीय एलिना गुरुङ(वल्ड मिसन) र कञ्चन गुरुङ(माछापुच्छ्रे) हुन सफल भए ।

३० गते भएको प्रतियगितामा ४९ किलो महिलातर्फ प्रथम कुसुम विक(सहिद स्मृति)४४ किलो महिला तर्फ प्रथम विपना घर्ती(सहिद स्मृति)४१ किलो महिलातर्फ प्रथम अञ्जना शाही(सहिद स्मृति)३८ कीलो महिलातर्फ प्रथम बिपाशा कुमाल (सहिद स्मृति)३२ किलो महिला तर्फ प्रथम लक्ष्मी विक(सहिद स्मृति) विजयी भए ।

त्यस्तै ४५ किलो पुरूषतर्फ प्रथम सुजन श्रेष्ठ(सहिद स्मृति)३८ किलो पुरूषतर्फ प्रथम अमृत प्रजा(सहिद स्मृति)४१ किलो पुरूषतर्फ दोस्रो मन्जित गुरूङ (सहिद स्मृति)३२ किलो पुरूषतर्फ दोस्रो आशिष गुरुङ (सहिद स्मृति)३५ किलो पुरूष तर्फ दोस्रो वीरेन्द्र कुँवर (सहिद स्मृति) हुन सफल भए ।

भदौ २८, २९ र ३० गते भएको प्रतियोगितामा गेरोगीतर्फ ३७० जना र पुम्सेतर्फ ८० जना सहभागी थिए ।

कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दो सहिद स्मृति स्कुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय