+
+

अदिती राव हैदरीले गरिन् साउथ अभिनेता सिद्धार्थसँग विवाह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १३:४२

काठमाडौं । बलिउड अभिनेत्री अदिती राव हैदरी र दक्षिण भारतीय अभिनेता सिद्धार्थले विवाह गरेका छन् । दुवैले वानापर्थीको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा गोप्य रूपमा विवाह गरेका हुन् । विवाहका तस्वीर सामाजिक सञ्जालमा सेयर भएका छन् ।

फोटोसहित उनीहरुले एकअर्काप्रति मनमोहक नोट पनि लेखेका छन् । ‘तिमी मेरो चन्द्रमा, सूर्य र तारा हौ, सधैं परीकथा जस्तै सँगै रहनु, सधैं हाँस्नु । माया, उज्यालो र जादू सदा रहोस् । मिसेज एण्ड मिस्टर अद्दु–सिद्धु ।

सिद्धार्थ र अदितीले सन् २०२१ मा तमिल-तेलुगु फिल्म ‘महासमुद्रम’मा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको हो । सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् ।

अदिती राव हैदरी दक्षिण र हिन्दी फिल्मकी चर्चित अभिनेत्री हुन् । उनले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

अदिती २८ अक्टोबर १९८६ मा हैदराबादमा जन्मिएकी हुन् । उनका बुवा एहसान हैदरी र आमा विद्या राव हुन् । उनी साहेल अकबर हैदरीकी नातिनी हुन् । अदितिका हजुरबुवा राजा जे रामेश्वर राव वानापार्टी, तेलंगानाका राजा थिए ।

भरतनाट्यम डान्सरका रूपमा उनले करिअर थालेकी हुन् । प्रसिद्ध भरतनाट्यम नर्तकी लीला सैमसनको नृत्य समूहमा पनि काम गरिन् । त्यहाँ काम गरेपछि अभिनयमा लागिन् । उनले पहिलो पटक सन् २००७ मा तमिल फिल्म ‘श्रृंगाराम’मा अभिनय गरेकी थिइन् ।

तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?