+
+

मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १४:१४

३१ भदौ, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य ढकालले एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

लिम्पियाधुरा, कालापानी, लिपुलेकमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिने चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका हुन् ।

‘संसदबाट सर्वसहमत पास भएको, संविधान संशोधन गरेर अनुसूचीमा उल्लेख भएको विषयवस्तुलाई नेपालको भूभाग होइन भनेर गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्तिलाई देशद्रोहको मुद्दा लगाउन आग्रह गर्छु’, ढकालले भने ।

लिपिम्याधुरा सहितको भूभाग संविधानमा समेट्ने क्रममा पनि फरक मत राख्ने सांसदलाई पदमुक्त गरिएको सन्दर्भमा पनि ढकालले सम्झिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?