+

एन्फाले माग्यो पुरुष टिमको प्रमुख प्रशिक्षक

२०८१ भदौ  ३१ गते १४:१९ २०८१ भदौ ३१ गते १४:१९
एन्फाले माग्यो पुरुष टिमको प्रमुख प्रशिक्षक

३१ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष टिमको प्रमुख प्रशिक्षक माग गरेको छ ।

हालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्कर्टो एनेसको अवधि नवीकरण नभएपछि सोमबार सामाजिक सञ्जालमा एक सूचना राख्दै एन्फाले प्रमुख प्रशिक्षक माग गरेको हो ।

आवेदकसँग एएफसीको प्रो लाइसेन्स भएको हुनुपर्नेछ । त्यस्तै एन्फाले आवेदकसँग सिनियर राष्ट्रिय टोली अथवा व्यवसायिक फुटबलमा ५–१० वर्षको अनुभव रहनुपर्ने मापदण्ड समेत तोकेको छ ।

भदौ १३ गते बसेको एन्फा बोर्ड बैठकले एनेसको सम्झौता अवधि थप नगर्ने निर्णय गरेको थियो । त्यसपछि सोमबार नयाँ प्रशिक्षक माग गरेको हो ।

एनेसले २०७९ फागुन १७ मा नेपालको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । एक वर्षको लागि नेपाल आएका एनेसको कार्यकाल साढे ३ महिना थप गरिसकेपछि भने एन्फाले उनलाई निरन्तरता नदिने भएको हो ।

 

एन्फा एन्फा प्रशिक्षक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय