+
+

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक मन्त्रिपरिषद्‍मा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १४:३४

३१ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा छुट्याउने सम्बन्धी विधेयक मन्त्रिपरिषद्‍मा पुगेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले यस्तो जानकारी गराएका हुन् ।

उनले हालसम्म भएका हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव समेत मन्त्रिपरिषद्‍मा पेस गरिएको जानकारी गराए ।

सोमबार मन्त्रालयमा आयोजित अन्तरक्रियामा उनले उच्च अदालतका पूर्व न्यायाधीशको संयोकत्वमा उच्चस्तरीय छानिबिन समितिको प्रस्ताव मन्त्रिपरिषद्‍मा पुगेको जानकारी गराएका हुन् ।

उनले उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेको जानकारी गराए ।

उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तरमन्त्रालय स्तरमा काम भइरहेको जानकारी गराए ।

उनले यस अघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनलाई रिफ्रेन्सका रूपमा लिएर अघि बढ्ने जानकारी गराए । सो अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुने उनको भनाइ छ ।

मन्त्री पाण्डेले हवाई दुर्घटनाका विषयमा संसदमा समेत सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएर छलफल समेत भइसकेको बताए ।

मन्त्रालय र मातहतका निकायमा संस्थागत र संरचनागत कुरामा सुधार गर्दै अघि बढिरहेको उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?