+
+

राष्ट्रसंघ महासभाबारे प्रधानमन्त्री : देशको शिर ढल्ने गरी कुनै काम गर्दिनँ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १४:४७

३१ भदौं, काठमाडौं। अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्ने गरी कुनै पनि काम नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा आफूले उठाउने एजेण्डा र सहभागी हुने कार्यक्रमहरुबारे संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले देशको इज्जत तल पर्ने गरी कुनै काम नगर्ने बताए ।

‘नेपालको शिर ढल्ने गरी, नेपालको इज्जत तल पर्ने गरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्ने गरी काम गर्दिनँ’ प्रधानमन्त्री ओलीले भने । अमेरिकाबाट फर्किएपछि पनि महासभामा आफूले गरेको काम र बोलेका कुराहरुबारे संसदलाई जानकारी गराउने उनले बताए ।

महासभामा उठाउने एजेण्डाबारे प्रधानमन्त्री ओलीले संसदलाई संक्षेपमा जानकारी दिएका छन् । महासभामा भाग लिन प्रधानमन्त्री ओली आगामी ४ असोजमा अमेरिका जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?