+
+

ब्याजदर घट्दा पनि सेयर बजारमा उच्च गिरावट

नेप्से २६ सयमुनि झर्‍यो, कारोबार खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १५:०८

३१ भदौ, काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएका दिन पनि सेयर बजारमा उच्च गिरावट आएको छ ।

बैंकहरूले सोमबार सार्वजनिक गरेको निक्षेपको ब्याजदरअनुसार अधिकांशले घटाएका छन् । औसत निक्षेपको ब्याजदर पनि घटेको छ । तर सोमबार बजारको परिसूचक नेप्से भने ५७.०३ अंक घटेको छ ।

सो अंकको गिरावटपछि नेप्से २५८० अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ३३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३६ करोडमा खुम्चियो । कारोबार सुरु भएदेखि नै दिनभर बजारमा खरिद पक्ष कमजोर देखियो ।

सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.५९, विकास बैंक २.७२, फाइनान्स ५.६६, हाइड्रोपावर २.२८, लगानी २.५३, जीवन बीमा १.९१, उत्पादन १.७१, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा १.९१, अन्य २.३३ तथा व्यापार २.७६ प्रतिशत घटे ।

कुल १४ कम्पनीको मूल्य बढ्दा २२७ को घट्यो भने ३ को स्थिर रह्यो । आत्मनिर्भर लघुवित्त तथा हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ९.९ प्रतिशत बढ्यो।

रावा इनर्जीको मूल्य ५.३, राप्ती हाइड्रोको ५.३ प्रतिशत मूल्य बढ्यो । गुडविल फाइनान्सको ९.९, थ्रीस्टार हाइड्रोपावरको ९.३, नेपाल फाइनान्सको ८.४, सिर्जनशील लघुवित्तको ८.२ तथा मितेरी डेभलपमेन्ट बैंकको मूल्य ७ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?