+
+

सुदूरपश्चिममा बजेट पेश गर्न माओवादी र एकीकृत समाजवादीको अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १५:५०

३१ भदौ, धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको अवरोधका कारण बजेट पेश गर्नका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ ।

सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट सोमबार प्रस्तुत गर्दै थियो । सोही प्रयोजनका लागि बोलाइएको बैठक माओवादी र एकीकृत समाजवादीले अवरोध गरेको हो ।

बैठकमा माओवादी संसदीय दलका उपनेता अक्कलबहादुर रावलले संविधान अनुसार प्रदेश सरकारको बजेट १ असारमा ल्याउनुपर्ने बताए ।

अहिले बजेट ल्याउनु संविधान र कानुन विपरीत हुने भन्दै पेश गर्न नदिने अडान लिए । माओवादी र एकीकृत समाजवादीका सांसदहरुले अवरोध जारी राखेपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?