+
+

छुद्र, जाली छिमेक होइन, असल सम्बन्धको कुरा उठाउनेछु : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १५:५३

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले असल छिमेक सम्बन्ध कायम राख्न चाहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा उठाउने एजेण्डाबारे संसदलाई सोमबार जानकारी दिदै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरुबाट असल सम्बन्ध चाहेको बताएका हुन् ।

‘नेपाल असल छिमेकीको रुपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छुद्र, जाली छिमेकी होइन’, प्रधानमन्त्रीले भने, ‘छिमेकीको अहित चिताउने छिमेकीको रुपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीको रुपमा बस्न चाहन्छ । र त्यस्तै व्यवहार छिमेकीहरुबाट पनि चाहन्छ ।’

प्रधानमन्त्री ओलीले महासभामा नेपालले आफ्नो स्थापित परराष्ट्र नीतिमा जोड दिने बताए । ‘..आधारभूत रुपमा भन्ने हो भने ‘छैन कसैसँग सत्रुता, सबैसँग छ मित्रता’, यो नीतिबाट गाइडेड छ’ प्रधानमन्त्रीले भने, ‘..कुनै हस्तक्षेप अस्वीकार गर्ने नेपालको स्थापित नीति छ । त्यो कुरा पनि संयुक्त राष्ट्रसंघमा राख्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?