+

काभा भलिबलमा श्रीलंकाको एयरफोर्सलाई हराउँदै पुलिसको दोस्रो जित

२०८१ भदौ  ३१ गते १६:११ २०८१ भदौ ३१ गते १६:११
काभा भलिबलमा श्रीलंकाको एयरफोर्सलाई हराउँदै पुलिसको दोस्रो जित

३१ भदौ, काठमाडौं । नेपाली विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला क्लब भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ ।

सोमबार माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले श्रीलंकाली क्लब एयर फोर्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै दोस्रो जित निकालेको हो ।

पुलिसले एयर फोर्सलाई २५–१६, २५–२० र २५–२१ ले हराएको हो ।

पहिलो र दोस्रो सेटमा नेपाल पुलिस क्लबले अग्रता बनाउँदै जित निकालेको थियो भने तेस्रो सेटमा एयर फोर्सले २१ अंक सम्म अग्रता बनाइरहेको थियो । पछ्याउँदै गरेको पुलिसले लगातार अंक बटुल्दै दोस्रो जित दर्ता गरेको हो ।

पुलिसले पहिलो खेलमा आइतबार उज्वेकिस्तानको ह्युमो क्लबलाई पनि ३–० ले नै हराएको थियो ।

पुलिसले अब तेस्रो खेल ताजकिस्तानको भीसी डियामेदसँग खेल्ने छ भने लिगको चौथो खेल माल्दिभ्स पुलिससँग खेल्नेछ ।

गत चैतमा सम्पन्न भएको एनभीए महिला भलिबल लिगमा एभ्रेष्ट क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो । सोही अनुसार लिग विजेताको हैसियतमा पुलिसले काभा महिला क्लब च्याम्पियनसिप खेलेको हो ।

यस प्रतियोगिताका लागि नेपाल पुलिस क्लबले आफ्नो विभाग बाहिरका तीन खेलाडी अनुबन्ध गरेको थियो । जसमा एपिएफका निरुता ठगुन्ना र सरस्वती चौधरी छन् भने न्युडाइमन्डकी उदयीमान खेलाडी सुमित्रा रेग्मी पनि रहेकी छन् ।

काभा काभा महिला भलिबल न्ट्रल एसियन भलिबल एसोसियसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय