+
+

फणीन्द्र नेपालको एकाउन्ट हटाउन भारतले एक्सलाई लेख्यो पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १६:४७

३१ भदौ, काठमाडौं । अभियन्ता फणीन्द्र नेपालको एक्स (पहिले ट्वीटर) को एकाउन्ट हटाउन भारत सरकारले पत्राचार गरेको खुलेको छ ।

लामो समयदेखि ग्रेटर नेपालका पक्षमा वकालत गर्दै आएका नेपालले एक्समा गरेको पोष्टहरुले भारतको सूचना प्रविधि ऐन, २००० को उल्लंघन गरेको भन्दै पत्र लेखेको एक्सले नेपाललाई ईमेलमार्फत् जानकारी दिएको छ ।

‘पारदर्शिताका लागि हामीले यो जानकारी गराउँदैछौं कि तपाईंको एक्स एकाउन्ट हटाउन भारत सरकारबाट लिगल डिमान्ड भएको छ’, उनलाई आएको इमेलमा भनिएको छ ।

त्यसअनुसार आफ्नो एक्स एकाउन्टलाई भारतभरि ‘विथहेल्ड’ (रोकिएको) नेपालले अनलाइनखबरसँग बताए । ‘त्यही इमेलको पछाडि मेरो एकाउन्टलाई भारतभर रोकिएको भनिएको छ’, उनले भने, ‘संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकको सरकार नै खनिएर मेरो आवाज दबाउन खोज्दा मेरो देशको सरकार भने मौन छ ।’

उनले आफूविरुद्धको प्रहार देशविरुद्धको प्रहार भएको बताउँदै थपे, ‘म एन्टी इन्डियन होइन, प्रो नेपाल हो । तर, परिस्थिति कस्तो भयो भने प्रो नेपाल हुनुचाहिँ एन्टी इन्डियन हुन्छ ।’

नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान चलाउँदै आएका छन् ।

त्यसक्रममा उनले भारतबाट उच्च पदस्थ अधिकारीहरुको भ्रमण हुँदा समेत सधैँ विरोध प्रदर्शन गर्ने गरेका छन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?