+
+

‘माग्ने बूढाकी श्रीमतीको रुपमा हैन, आफ्नै पहिचानले चिनिन चाहन्छु’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १७:०७

काठमाडौं । माग्ने बूढा नामले प्रसिद्ध हास्य कलाकार केदार घिमिरेको परिवारका तीनजना सदस्य फिल्म क्षेत्रमा छन् । तीनैजनाले अभिनय गरेको फिल्म २०८१ सालभित्रै प्रदर्शन तयारीमा छन् ।

केदार अभिनित ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीमा आउँदैछ । उनकी श्रीमती समेत रहेकी कलाकार सीतादेवी तिमल्सेना अभिनित ‘सानो संसार’ असोज ११ गते र छोरा आशिषको डेब्यु फिल्म ‘होस्टेल ३’ फागुन १६ मा प्रदर्शन हुँदैछन् ।

एकै परिवारका तीनजनाको फिल्म एउटै वर्षमा आउने भएपछि माग्ने बुढाको परिवारलाई यतिबेला भ्याइनभ्याइ छ । विशेषगरी सीतादेवीको व्यस्तता फिल्मको प्रचारमा देखिन्छ । उनलाई धेरैले सीतादेवी कम र माग्ने बुढाको श्रीमतीको रुपमा धेरैले चिन्छन् ।

तर उनी श्रीमानभन्दा आफ्नै पहिचानले चिनिन चाहिन्छन् । नहोस् पनि किन, सीतादेवीसँग नाटक, स्टेज पर्फमेन्स, टेलिभिजन श्रृंखला र विज्ञापनमा काम गरेको अनुभव लामै छ । चिन्नेले उनलाई ‘सक्किगो नि’की चन्द्रमुखीको नामबाट चिन्छन्, कसैले उनलाई ‘खासखुस’ सिरियलमा ‘ए उल्का अचम्म’ पात्रको नामबाट चिन्छन् ।

उनलाई श्रीमान् माग्ने बूढाको श्रीमतीको सामाजिक छवि मेटाउन जरुरी छ । ‘जसरी पनि हन्ड्रेड पर्सेन्ट आफ्नो नामबाट चिनिने सोच हो नि । तर बाध्यता । भन्दिनुहुन्छ, गराइदिनुहुन्छ । त्यसलाई म नकार्न सक्दिनँ । म श्रीमती त हो नि त । होइन भन्न त सक्दिनँ’ उनी भन्छिन् ।

उनी अगाडि भन्छिन्, ‘सकेसम्म मेरै नामले बोलाइदिए हुन्थ्यो । मैले संघर्ष गरेको ठाउँ हो नि । तर भन्दिनुहुन्छ, त्यसलाई मैले नकार्न सक्ने कुरा पनि भएन ।’

सीतादेवीले ५० भन्दा बढी सडक नाटक गरिन् । जिरे खुर्सानी, सक्किगो नि, भद्रगोल र खासखुस जस्ता चर्चित सिरियलमा काम गरिन् ।

तर अभिनयमा उनको हुटहुटी सानैदेखि हो । कोमल वलीले रेडियो नेपाल र रमा सिंहले नेपाल टेलिभिजनमा समाचार भनेको सुन्दा सीतादेवीलाई सानैदेखि त्यस्तै बन्न मन थियो । हरिवंश आचार्य र लक्ष्मी गिरीलाई हेर्दा पनि कलाकार बन्न मन गर्थिन् ।

‘रहर चाहिं पहिल्यैदेखि थियो’ अभिनय रुचिबारे उनले भनिन्, ‘धनीमानीले मात्र अभिनय गर्न पाउँछन् भन्ने लाग्थ्यो सानोमा ।’ अहिले सीतादेवीको अभिनय करिअरमा केदारले पनि सघाउँदैछन् । ‘उहाँको सपोर्ट विना काम गर्न सकिन्नथ्यो’ उनले भनिन् ।

सीतादेवीको डेब्यु फिचर फिल्म ‘सानो संसार’ यसअघि ‘मिडल क्लास’ नामक सिरिज थियो । सिरिजपछि यसलाई कथानक फिल्म बनाइएको हो । यो फिल्मले मध्यम वर्गको सपना र संघर्षको कथा भन्ने उनल बताइन् । फिल्ममा उनी आमाको रोलमा छिन् ।

‘म ललितपुरको भट्टेडाँडामा जन्मिएकी हुँ । यहाँसम्म आइपुग्दा मैले के-के भोगें ? बच्चाको चाहना, उमेरको ग्याप र अभिभावकको चाहनाको कथा यसमा छ । मैले जीवनमा भोगेका घटना पनि यहाँ छन्’ उनी भन्छिन् ।

घरका तीनैजना सदस्य फिल्ममा व्यस्त भएपनि घरको व्यवस्थापनमा चाहिं तीनैजनाले समय दिएको उनी बताउँछिन् । ‘एकअर्काले समय मिलाएका छौं’ उनी भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?