+
+

पोखरा एभेन्जर्सको लोगो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १७:०९

३१ भदौ, काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले आफ्नो लोगो सार्वजनिक गरेकोछ । नेपाल टी–२० प्रा.ली को स्वामित्वमा रहेको पोखराले सामाजिक सञ्जाल मार्फत लोगो सार्वजनिक गरेको हो ।

उक्त लोगोमा उदाउदो सूर्यको संकेतको रुपमा बल राखिएको छ । त्यस्तै चिलको पनि फोटो समेटिएको छ । उक्त चिलको फोटो समेट्नुमा हरेक चुनौती सामना गर्ने जनाएको छ । माछापुच्छ्रे हिमाललाई पनि समेटेकोछ ।

पोखराले एनपीएल अक्सनमा ३ करोड ५७ लाख रुपैयाँ खर्चेर किनेको थियो । उक्त मूल्य एनपीएलको टिम सामित्वमा खर्चेको सबैभन्दा महँगो थियो । पोखराले मार्की खेलाडीको लक्की ड्र मा कुशल भुर्तेललाई पाएको थियो । सन् २०२२/२३ मा सम्पन्न नेपाल टी–२० मा सहभागी पोखरा एभेन्जर्सले सहभागीता जनाएको थियो ।

उक्त लिगमा स्वदेशी टोलीको रुपमा खेल्ने एक्लो टोली थियो । नेपाल टी–२० लिगबाट नेपाल प्रिमियर लिग खेल्ने पनि एक्लो फ्रेन्चाइज टोली हो । एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुर मैदानमा हुनेछ । खेलाडीको अक्सन दशै अघि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?