+

महिला लिग : भायोलाको ह्याट्रिकमा वालिङको तेस्रो जित

२०८१ भदौ  ३१ गते १७:२२ २०८१ भदौ ३१ गते १७:२२
महिला लिग : भायोलाको ह्याट्रिकमा वालिङको तेस्रो जित

३१ भदौ, काठमाडौं। महिला लिगअन्तर्गत भायोला नामुद्धुको ह्याट्रिकमा वालिङ नगरपालिकाले सुदुरपश्चिम प्रदेशमाथि ५–१ को जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा युगान्डाकी फर्वाड नामुद्धुले खेलको पहिलो हाफमा नै आफ्नो ह्याट्रिक पूरा गरेकी हुन् । उनले खेलको १८औं, ४२ औं र ४५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।

पहिलो हाफको ४० मिनेटसम्म १ गोलमात्रै खाएको सुदुरले २ मिनेटमा ३ गोल खायो । पहिलो हाफमा४ मिनेट थप गर्दा अतिरिक्त समयको दोस्रो मिनेटमा नै पुन गोल खाँदै पहिलो हाफमा वालिङले४–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा भने वालिङका लागि सुस्मा तामाङले खेलको ५० औं मिनेटमा गोल गर्दै वालिङलाई ५–० को अग्रतामा पुर्‍याइन् ।

जवाफमा सुदुरपश्चिमकी रितिका कार्कीले खेलको ६२ औं मिनेटमा वालिङको. पोष्टमा किपरलाई वान वाई वानमा विट गर्दै गोल गरिन् ।

वालिङले ५ खेलमा ३ जित र २ हार बेहोरेको छ । भने सुदुरले १ खेल पनि जित्न सकेको छैन ।

हेर्नुहोस् तस्वीरहरू :

महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय