+

असोज २ गतेदेखि झरना रनिङ शिल्ड प्रतियोगिता हुने

२०८१ भदौ  ३१ गते १७:३४ २०८१ भदौ ३१ गते १७:३४
असोज २ गतेदेखि  झरना रनिङ शिल्ड प्रतियोगिता हुने

३१ भदौ, बुटवल। रुपन्देहीकै पुरानो झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको ३६औं संस्करण असोज २ गतेबाट हुने भएको छ ।

झरना स्पोर्टस क्लब तिलोत्तमा–६ कुन्जलापुरको आयोजनामा हुने ३६औं संस्करणमा रुपन्देहीका १३ र र बाहिरी जिल्लाका ३ गरी १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सोमबार क्लबले पत्रकार सम्मेलन गरी कुन्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो ।

प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ३१ हजार रुपैयां, उपविजेताले १ लाख ८१ हजार रुपैया तथा सेमिफाईनलमा पुग्ने दुई टिमले जनही नगद २५ हजार रुपैयाका दरले नगद पुरस्कार पाउने क्लबका अध्यक्ष धनेन्द्र पौडेलले बताए ।

यस्तै प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई ३ हजार, विधागतरुपमा उत्कृष्ट खेलाडीहरुलाई जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीलाइ १५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न २२ लाख खर्च हुने अनुमान रहेको उनले बताए ।

यसपटक दर्शकको सुविधालाई विशेष ध्यानमा राखेर १८ लाख रुपैया लागतमा स्थायी प्याराफिट निर्माण गरिएको क्लबका संरक्षक लोक पुनले बताए ।

हरेक दिनको खेल दिउसो ३ बजेदेखि शुरु हुने खेल संयोजक बिजय पुनले बताए । गतवर्ष भुपु सैनिक युवा क्लबले उपाधि जितेको थियो ।

झरना रनिङ शिल्ड फुटबल रुपन्देही
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय