+
+

‘बाह्रखरी कथा प्रतियोगिता’का लागि कथा आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १७:४७

काठमाडौं । कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनको उद्देश्यसहित ‘डिसहोम बाह्रखरी कथा प्रतियोगिता-२०८१’ घोषणा गरिएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कात्तिक ५ गतेसम्म कथा पठाउन आह्वान गरिएको छ ।

नेपाली भाषाका सर्जकले संसारभरबाट कथा पठाउन सक्ने जनाइएको छ । प्रतियोगिताको निर्णायकमा समालोचक तथा लेखक प्रा. डा. ज्ञानु पाण्डे, लेखक तथा समालोचक डा. गीता त्रिपाठी र साहित्यकार धीरेन्द्र प्रेमर्षि छन् ।

निर्णायकमण्डल संयोजक पाण्डेले कथा लेख्न हौसला र प्रेरणा दिने र पुरस्कार पनि पाइने भन्दै यो अवसरलाई सदुपयोग गर्न आग्रह गरिन् । निर्णायकमण्डल सदस्य प्रेमर्षीले आफ्नै गाउँठाउँका प्रतिभा पनि बाह्रखरी कथा प्रतियोगितामार्फत चिनिन थालेको बताए ।

‘बाह्रखरी कथा प्रतियोगिताको विजेता भएपछि मैले मुना चौधरीलाई हाम्रै गाउँको बहिनी भनेर चिनें’ उनले भने, ‘बाह्रखरी कथा प्रतियोगिता कथाहरूको अनुष्ठान हो । कथा मन्थनमा पनि यसले विशेष भूमिका खेलिरहेको छ ।’

प्राप्त हुनेमध्येका ५० कथाबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा २०८०’ का लागि थप २२ कथा छानेर पठाउनेछ । सर्वोत्कृष्ट हुने तीन कथालाई क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथा संगृहीत पुस्तक प्रकाशन गरिनेछ । पुस्तकमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।

यस वर्षको कथा प्रतियोगिताको नतिजा २०८१ मंसिर १४ गते सार्वजनिक गरिने जनाइएको छ । सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा-२०८१ को लोकार्पण पनि गरिने भएको छ । यस वर्ष उत्कृष्ट हुने कथा संग्रहको पुस्तकको प्रकाशन फाइन प्रिन्टले गर्ने विज्ञप्तिमा उल्लेख छ ।

कथाका लागि केही मापदण्ड पनि तय गरिएको छ । नेपाली भाषामा लेखिएको मौलिक रचना हुनुपर्ने, अप्रकाशित र अप्रसारित हुनुपर्ने लगायत सर्त राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?