+
+
सर्वोच्चको आफ्नै प्रशासनलाई प्रश्‍न :

‘सार्वजनिक सरोकारका विषयमा प्रत्यक्ष प्रसारण किन नगरेको ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १८:१६

३१ भदौं, काठमाडौं। सर्वोच्च अदालतले सार्वजनिक सरोकारका विषयमा हुने बहस र छलफलको प्रत्यक्ष प्रसारण हुन नसक्नुको कारण माग गरेको छ ।

सर्वोच्च अदालतले आफ्नै प्रशासनलाई ‘कारण देखाउ आदेश’ जारी गर्दै सार्वजनिक सरोकार र रुचीका विषयको अदालती कामकारवाही, बहस र सुनुवाइको प्रत्यक्ष प्रसारण गर्न नसक्नुको कारण मागेको हो ।

अनिल कुमार साहलगायतले अदालतमा हुने सार्वजनिक सरोकारका बहस र छलफललाई प्रत्यक्ष प्रशारण गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

न्यायाधीश कुमार रेग्मीको इजलासले सर्वोच्च अदालतको मुद्दा महाशाखा लगायतलाई यसबारेमा जवाफ दिनु भनी आदेश गरेको हो । सर्वोच्च अदालतले यो मुद्दालाई प्राथमिकतामा राख्न(अग्राधिकार दिन) पनि माग गरेको छ ।

हेर्नुहोस् आदेश :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?