+
+

काठमाडौंमा सुरु भयो दिपल एक्सचेन्ज मेला

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १८:२७

काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्पले काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा ‘दिपल एक्सचेन्ज मेला’ आयोजना गरेको छ ।

एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले मेलाको सुरुवात संयुक्त रूपमा गरेका छन् ।

मेलाको पहिलो दिन पुरानो गाडीसँग दिपल ईभी एक्सचेन्ज गरी अपग्रेड हुन चाहने ग्राहकहरूको उल्लेख्य सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मेलामा ग्राहकले ७१ लाख ९९ हजार रुपैयाँमा दिपल हट मोडेल दिपल एस०७ खरिद गर्न सक्नेछन् ।

ग्राहकले आफ्नो पुरानो गाडीको मूल्यांकन नेपालकै टप ६ रिकन्डिसन हाउसबाट गराउन सक्नेछन् भने ग्राहकको सहजतालाई ध्यानमा राखेर एमएडब्लू वृद्धिले अतिरिक्त एक्सचेन्ज बोनस, अनस्पट फाइनान्स र अन स्पट डेलिभरीको सुविधा समेत उपलब्ध गराएको छ ।

मेलाको उद्घाटनमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक अग्रवालले दिपलले आफ्नो डिजाइन, पर्फर्मेन्स र फिचरका कारण छोटो समयमै नेपाली प्रयोगकर्ताको मन जित्न सफल भएको दाबी गरे ।

‘दिपलका ग्राहक दिपलदेखि सन्तुष्ट हुनुहुन्छ । हामी उहाँहरूको खुसीलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैनौं,’ उनले भने ।

एमएडब्लू अटोकर्पका प्रबन्ध निर्देशक सिकारियाले ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका ईभीको वनरसिपलाई सहज बनाउन यो विशेष कार्यक्रमको आयोजना गरिएको बताए ।

मेलाको पहिलो दिनमै ग्राहकले रुचीका साथ सहभागिता जनाएको कम्पनीको भनाइ छ । यो कार्यक्रममार्फत नेपालमा चांगान र दिपलको पोजिसनलाई अझ बलियो बनाउने अपेक्षा एमएडब्लू वृद्धिले लिएको छ ।

नेपालमा दिपल एस०७ र एल०७ गरी दुई मोडेल बिक्री हुँदै आएको छ । यी ईभीहरू एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ ।

एक्सचेन्ज मेला ३ असोजसम्म सञ्चालनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?