+

नेप्लीज सोसाइटी अफ मेडिकल अंकोलोजिस्टको अध्यक्षमा डा. सुदीप श्रेष्ठ

२०८१ भदौ  ३१ गते १८:२७ २०८१ भदौ ३१ गते १८:२७
नेप्लीज सोसाइटी अफ मेडिकल अंकोलोजिस्टको अध्यक्षमा डा. सुदीप श्रेष्ठ

काठमाडौं । नेप्लीज सोसाइटी अफ मेडिकल अंकोलोजिस्ट (नेस्मो)को अध्यक्षमा वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा. सुदीप श्रेष्ठ निर्वाचित भएका छन् ।

शुक्रबार ललितपुरमा सम्पन्न नेस्मोको दोस्रो अधिवेशनले नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका अध्यक्ष समेत रहेका डा. श्रेष्ठको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

अन्य पदाधिकारीहरुमा डा. रोशन प्रजापति उपाध्यक्ष, डा. अजय झा सचिव र डा. सुस्मिता शर्मा कोषाध्यक्ष रहेका छन् । यस्तै सदस्यहरूमा डा. राजीव देव, डा. सचिन शाक्य, डा. रमिला शिल्पकार डंगोल, डा. लिजा कोशिन र डा. विवेक कँडेल चयन भएका छन् । नयाँ कार्य समितिको कार्यकाल दुई वर्षको रहनेछ ।

अध्यक्षमा निर्वाचित भएपछि बोल्दै डा. श्रेष्ठले भने मेडिकल अंकोलोजिस्टहरुका लागि ‘रिकगनाइजेसन’ गर्न, युवापुस्ताका मेडिकल अंकोलोजिस्टलाई अवसर दिन तथा क्यान्सर उपचारका लागि मेडिकल अंकोलोजिस्ट बन्ने वातावरण निर्माणका लागि काम गर्ने आफ्नो योजना रहेको सुनाए ।

श्रेष्ठले क्यान्सर उपचारमा औषधिको महत्त्व एकदमै रहेको भन्दै नेपालको पुरानो औषधि नीतिका कारण बेलाबखत समस्या हुँदै आएको बताए ।

डा. सुदीप श्रेष्ठ नेप्लीज सोसाइटी अफ मेडिकल अंकोलोजिस्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय