+
+

शहरी कृषि अध्ययनले राष्ट्रसंघ ‘फ्युचर समिट २०२४’ मा नयाँ दृष्टिकोण दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १२:३९

३१ भदौ, काठमाडौं । शहरी कृषि विश्वव्यापी रूपमा विभिन्न शहरमा लोकप्रिय बन्दै गएको छ, र यसका धेरै सफल उदाहरण छन् । संसारका मुख्य सहरमा सहरी कृषि अभ्यास गर्ने क्रममा खाद्य सुरक्षा, वातावरणीय दिगोपन र सामाजिक आर्थिक अवसरहरू बढेका छन् । तर सहरी कृषिले दिगो विकास लक्ष्यहरूमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न थालेको एक अध्ययनले देखाएको छ ।

सहरी कृषि र दिगो विकास लक्ष्यहरूमा यसको प्रभाव विषय विश्वव्यापी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

ग्रोनिन्जेन विश्वविद्यालयका डा. प्रजल प्रधानको नेतृत्वमा नौ सहकर्मीसहित विश्वव्यापी अध्ययनले सहरी कृषिले दिगो विकास लक्ष्यलाई कसरी प्रभाव पार्छ भन्ने विस्तृत मूल्यांकन गरिएको छ ।

यस अनुसन्धानले विश्वका करिब १ हजार ४ सय ५० प्रकाशनको समीक्षा गरी सहरी कृषिले दिगो विकास लक्ष्यमा सकारात्मक र नकारात्मक दुवै प्रभाव कसरी पार्छ भन्ने विस्तृत मूल्यांकन गरिएको छ । अध्ययनको नतिजा ‘सेल रिपोर्ट सस्टेनेबिलिटी जर्नल’ मा प्रकाशित छ।

अनुसन्धानले सहरी कृषि १७ वटै दिगो विकाससँग गहिरो सम्बन्ध रहेको देखाएको छ, जसले ८१ लक्ष्यलाई सकारात्मक र ५१ लाई नकारात्मक असर गरेको छ । यी निष्कर्ष विशेषरूपमा महत्त्वपूर्ण छन्, किनकि तिनीहरूले संयुक्त राष्ट्रसंघको आगामी साता हुन लागेको ‘फ्युचर समिट-२०२४’ अघि दिगो विकासतर्फको प्रगतिलाई गति दिने नयाँ दृष्टिकोण प्रस्तुत गर्छन् ।

डा. प्रधानका अनुसार सहरी कृषिले दिगो विकासका लागि अत्यन्त सम्भावना राख्छ, तर यसको सफल कार्यान्वयन भनेको यसको सकारात्मक प्रभावलाई अधिकतम बनाउँदै नकारात्मक असर न्यूनीकरण गर्न ध्यान दिनु हो । अध्ययनले सहरी कृषिका प्रमुख चुनौती पहिचान गरेको छ, जस्तै प्रदूषणका कारण स्वास्थ्य जोखिम र पर्याप्त स्रोत माग ।

मिडवेस्ट युनिभर्सिटी नेपालका प्राध्यापक दयाराज सुवेदीले सहरी कृषिले दिगो विकासमा योगदान पुर्‍याउन स्रोतको समान पहुँच र कडा व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए ।

वुहान विश्वविद्यालयका अनुसन्धानकर्ता युआनचाओ हुले सहरी कृषि दिगो विकासमा प्रगति गर्न महत्त्वपूर्ण भए पनि त्यसका लागि समय र सन्दर्भ अनुकूल समाधान आवश्यक रहेको धारणा राखे ।

अनुसन्धानले सहरी कृषिको सकारात्मक प्रभाव बढाउने र नकारात्मक असर न्यूनीकरण गर्न दिगो अभ्यास अपनाउन सुझाव दिएको छ । यसले लचिलो सहरी भविष्यको विकासमा योगदान दिने छ

सहरी कृषिले स्थानीय ताजा खाद्य उत्पादनमा सहयोग गर्दै खाद्य माइल घटाउँछ र खाद्य सुरक्षामा उल्लेखनीय योगदान गर्छ । यसले सामाजिक समावेशीकरण र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?