+
+

लाइसेन्सप्राप्त हतियार सरकारी कार्यालयमा लैजान नपाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १८:५१
फाइल तस्वीर

३१ भदौ, काठमाडौं । लाइसेन्स प्राप्त हतियार सरकारी कार्यालयमा लैजान नपाइने भएको छ । सोमबार राजपत्रमा एक सूचना जारी गर्दै लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकिएको छ ।

सूचनामा हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ ल दिएको अधिकार प्रयोग गरी लिएको हतियार दफा ३ बमोजिम राख्न पाउने उल्लेख गरिएको छ ।

तर दफा ४ र ५ बमोजिम यात्रा लाइसेन्स लिए पनि यात्रा अनुमति नलिएका हतियारहरु घर बाहिर लैजान नमिल्ने उल्लेख गरिएको छ ।

त्यसैगरी यात्रा अनुमति लिएका हतियार समेत न्यायिक निकाय, संसद भवन तथा परिसर, अस्पताल, विमानस्थल, सार्वजनिक सवारी साधन, धार्मिक क्षेत्र तथा शैक्षिक स्थल, सिनेमा हल, व्यवसायिक भवन, हाट बजार तथा सपिङ मल, सभा जुलुस भएको ठाउँमा समेत हतियार लैजान नपाउने उल्लेख गरिएको छ ।

त्यस्तै पुरातात्विक र संरक्षित स्थल, बाल सुधार गृह, हतियारको इजाजत लिएको कार्यालयमा इजाजत पत्र नवीकरणका लागि ल्याउने र लैजाने प्रयोजन बाहेक सरकारी कार्यालयहरु र प्रचलित कानूनले निषेधित गरेका अन्य क्षेत्रहरुमा लैजान नमिल्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?