+

लिग २ मा घरेलु टोली नामिबियामाथि अमेरिकाको जित

२०८१ भदौ  ३१ गते २०:१८ २०८१ भदौ ३१ गते २०:१८
लिग २ मा घरेलु टोली नामिबियामाथि अमेरिकाको जित

३१ भदौ, काठमाडौं । अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा घरेलु टोली नामिबियामाथि ६ विकेटको जित हात पारेको छ । २ सय रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

अमेरिकाको जितमा कप्तान मोनांक पटेलले ८२ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७२ रन बनाए । युवा ब्याटर साइतेजा मुककामल्ला ७४ बलमा ४ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहँदा सुशान्त मोदानीले ३६ रन बनाए ।

नामिबियाका जेराल्ड इरास्मसले २ र टांगेनी लुंगामेनीले १ विकेट लिए ।

त्यसअघि विन्डहोकमा टस ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । नामिबियाका ज्यान फ्रेलिंकले ८८ बलमा ७ चौकासहित सर्वाधिक ७० रन बनाए । जेजे स्मितले ७५ बलमा ३ चौका र ३ छक्कासहित ४९ रन जोडे ।

अमेरिकाका सौरभ नेत्रवालकर, जुआनोय ड्रिसडेल र मिलिन्ड कुमारले २–२ विकेट लिए । अमेरिका, यूएई र नामिबियाबीच यस लिग २को त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा आजदेखी सुरु भएको छ ।

अर्को लिग २ को त्रिकोणात्मक सिरिजमा क्यानडा, नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र क्यानडाबीच ८ : ४५ मा खेल सुरु हुनेछ ।

क्रिकेट लिग टु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय