+
+

भदौमा सेयर बजारले गुमायो ४२० अंक, यी हुन् मूल्य धेरै घटेका कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते ९:३०

१ असोज, काठमाडौं । साउनको अन्तिम कारोबार दिन ३००० अंक पुगेको बजार अन्ततः भदौ अन्तिम दिन २५८० अंकमा बन्द भयो । भदौ महिनामा बजारमा भारी गिरावट देखियो । एक महिनामा बजार १४ प्रतिशत अर्थात् ४२० अंकले घटेको छ । आजभन्दा भोलि, भोलिभन्दा पर्सि पोर्टफोलियो घटिरहेपछि कतिपय लगानीकर्ता आत्तिएर बाहिरिँदा बजारले भदौमा ठूलै अंक गुमाउन पुग्यो ।

साउन महिनामा बजार ७६० अंक बढेको थियो । असार अन्तिममा २२४० अंक रहेको बजार साउन अन्तिममा ३००० पुगेको थियो । बजारलाई बढी प्रभाव पार्ने पक्षहरु सकारात्मक रहेकाले खरिदको मौका रहेको लगानीकर्ता बताउँदै आएका छन् ।

घट्दो ब्याजदर, बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम रहेकाले बजार घट्नु खरिदको मौका रहेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । ‘बजार कतिसम्म घट्छ भनेर ठ्याक्कै कसैले भन्न सक्दैन, तर घटेका बेला जोखिम कम हुने भएकाले खरिदको राम्रो अवसर हो’ उनले भने ‘बजार सधैं घट्ने पनि हुँदैन, सधैं बढिरहने पनि हुँदैन । घटेका बेला किनेर बस्ने र बढेका बेला नाफा बुक गर्नेले नै कमाउने हो ।’

बजार बढ्दा जुन जुन कम्पनीको मूल्य उच्च दरमा बढेको थियो, घट्दा पनि तिनै कम्पनीको मूल्य उच्च दरमा घटेको देखिन्छ । भदौ महिनामा मूल्य धेरै घट्ने कम्पनीमा नेपाल फाइनान्स छ । सो कम्पनीको मूल्य ३४ प्रतिशतले घटेको छ । साउन अन्तिममा प्रतिसेयर मूल्य २०७० रहेकोमा भदौ अन्तिममा १३६० रुपैयाँमा झरेको छ । बढ्दा पनि यहीं कम्पनीको मूल्य उच्च दरमा बढेको थियो ।

असार अन्तिममा ८९४ रुपैयाँ रहेको नेपाल फाइनान्स साउन अन्तिम दिन २०७० रुपैयाँ पुगेको थियो । असार अन्तिमतिर खरिद गरेकाले अझै पनि यस कम्पनीमा नाफा बुक गर्न पाउने अवसर छ ।

भदौमा मूल्य उच्च दरमा घटेका १० कम्पनी

कम्पनी भदौ अन्तिमको मूल्य गिरावट दर (प्रतिशतमा)
नेपाल फाइनान्स १३६० – ३४.३०
चन्द्रागिरि हिल्स ९२५ – २६.७६
प्रोग्रेसिभ फाइनान्स ५८० – २६.११
सानिमा माइ हाइड्रोपावर ५१० – २४.८१
अरुण काबेली २४१.१० – २४.१८
पिपुल्स हाइड्रोपावर ३३७.२० – २३.५४
हिमालय ऊर्जा २१९ – २३.४३
माथिल्लो तामाकोशी २१९ – २३.४३
जानाकी फाइनान्स ५८५ – २३.३३
सेन्ट्रल फाइनान्स ५८६ – २३.२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?