+
+

इलाममा हाम्लाई खुच्चिङ, तर टाउको लुकाउनु पर्ने छैन : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते ११:०४

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलामको उपनिर्वाचनले पाठ सिकाएको बताएका छन् ।

काठमाडौंमा आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले इलाममा रास्वपालाई खुच्चिङ भएको सुनाए ।

‘…इलाममा जे भयो त्यसका लागि सबैभन्दा धेरै ठूलो खुच्चिङ मलाई । बाँकी खुच्चिङ तपाईंहरूलाई । खुच्चिङ भयो हाम्लाई,’ उनले अघि भने, ‘घण्टी बजाएपछि त स्योर जितिन्छ भन्ने लाग्या थ्यो हाम्लाई हैन । हाम्रो खुट्टा भुईंमा थ्यो र ? थिएन नि ! खुच्चिङ हाम्लाई । इलाममा भएको यही हो ।’

उनले इलामको उपनिर्वाचनबारे यत्ति आत्मसमीक्षा गर्दा कसैले पिर मान्न नपर्ने बताए । उनले हारेको कुरा स्वीकार गर्नुपर्ने बताए ।

रणनीति नबनाएर चुनावी दौडमामात्रै लागेकोले पराजित भएको उनले बताए । उनले संगठन मजबुद बनाउन नसक्नु र एक-अर्काको अस्तित्वलाई विचार गर्न नसक्नु पनि हारको कारण भएको बताए ।

तर, पराजित हुँदैमा निराश हुनुपर्ने, टाउको लुकाउनु पर्ने केही कारण नभएको उनको भनाइ छ । उनले भने, ‘अघिल्लो चुनावमा करिब १३०० मत ल्याएका थियौं । यसपटक ५००० प्लस मत ल्याएका छौं । चारगुणा बढी मत ल्याउँदा टाउको झुकाउने होइन साथी हो । धेरै चिन्ता गर्नपर्ने आवश्यकता छैन । पाठ सिकेर अगाडि बढ्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?