+
+

आतिशी बन्नेछिन् दिल्लीको मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १२:४०

१ असोज, काठमाडौं । दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने भएकी छन् ।

आम आदमी पार्टी (आप)को विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेको हो । गोपाल रायका अनुसार विधान सभाले सर्वसम्मतिमा नयाँ मुख्यमन्त्रीका लागि आतिशीलाई दलको नेता चुनेको हो ।

आतिशी केजरीवाल नेतृत्वको सरकारमा अर्थमन्त्री छिन् ।

मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले धरौटीमा रिहा भएपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।  केजरीवाल जेलमा रहेका बेला सरकारको महत्वपूर्ण जिम्मेवारी आतिशीले सम्हालेकी थिइन् ।

अब वर्तमान मुख्यमन्त्री केजरीवालले उपराज्यपाल वीके सक्सेनालाई भेटेर राजीनामा दिने छन् ।

१३ सेप्टेम्बरबाट तिहाड जेलबाट रिहा भएका केजरीवालले १५ सेप्टेम्बरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?