+
+

युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १३:१२

१ असोज, काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी रूस प्रस्थान गरेकी छन् । कार्यक्रम असोज २ देखि ४ गतेसम्म हुँदैछ ।

उपसभामुख राना दुबई, रुस राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्ने तालिका रहेको उनको निजी सचिवालयले जनाएको छ । रूसी महासंघ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

उपसभामुखको निजी सचिवालयका अनुसार उनले असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?