+
+

निश्चल बस्नेतको प्रस्ताव : ‘राम्रा नेपाली फिल्म १०० रुपैयाँमा देखाऔं’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १३:४६

काठमाडौं । मंगलबार राष्ट्रिय चलचित्र दिवस मनाइँदैछ । तर औपचारिक समारोह भने आयोजना गरिएको छैन । चलचित्र विकास बोर्डले स्थापना दिवसलाई मात्र सेलिब्रेसन गर्दै आएको छ ।

यो सन्दर्भमा फिल्म निर्देशक तथा निर्माता निश्चल बस्नेतले राम्रा नेपाली फिल्मलाई सबै हलमा १०० रुपैयाँमा मात्र देखाउनुपर्ने प्रस्ताव राखेका छन् ।

पछिल्लो समय सप्ताहन्तमा नेपाली फिल्मका दर्शक घटेको र ‘डिस्काउन्ट डे’मा मात्र दर्शक हलमा ओइरिएको सन्दर्भमा बस्नेतले यस्तो प्रस्ताव अघि सारेका हुन् । टिकटमा छुट दिने दिनमा दर्शक आउँदा निर्माता र हललाई खासै फाइदा नहुने भन्दै यसको आलोचना पनि हुने गरेको छ ।

यस सन्दर्भमा आएको निश्चलको प्रस्तावलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले स्वागतयोग्य रहेको बताएका छन् । मल्टिप्लेक्स हलले सप्ताहन्त बाहेकका दिनमा टिकटको मूल्यमा छुट दिंदै आएका छन्, जसले गर्दा दर्शक हलमा ओइरिने गरेका छन् ।

दर्शकले ‘डिस्काउन्ट डे’को प्रतीक्षा गर्दा सप्ताहन्तमा ठूलै फिल्मको पनि अपेक्षित दर्शक नआएको र यसको प्रभाव बक्स अफिस कलेक्सनमा देखिने विश्लेषण भइरहेको छ ।

आफू निर्देशित फिल्म ‘दिमाग खराब’को समयमा चलचित्र संघसँग उनले सेयर बाँडफाँटमा सम्झौता गर्न चलचित्र संघलाई दबाब दिएका थिए । आगामी फिल्म ‘बेहुली फ्रम मेघौली’ रिलिजअघि आएको निश्चलको प्रस्तावलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?