+
+

अनरको दशैं लक्षित अफर : थाइल्यान्ड भ्रमणदेखि आकर्षक पुरस्कार जित्ने मौका

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १६:४९

काठमाडौं ।  अनर नेपालले दशैं लक्षित अफर सार्वजनिक गरेको छ ।

‘अनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस्’ योजनामा कुनै पनि अनर स्मार्टफोन किन्दा ग्राहकले थाइल्यान्ड भ्रमण र अन्य अविश्वसनीय पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

यो अभियानले दशैंको चाडमा उत्साह र खुसी थप्न मद्धत पुग्ने विश्वास कम्पनीको छ ।

यो अफर १७ सेप्टेम्बर ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ पसल र अधिकृत विक्रेताहरूमा उपलब्ध हुनेछ ।

अनर स्मार्टफोन खरिद गर्दा ग्रान्ड पुरस्कारको रूपमा  थाइल्यान्ड भ्रमण, अप्रिला एसआर १२५ स्कुटर र अनर म्याजिक भी२ जित्ने अवसर रहेको कम्पनीले जनाएको छ।

यसैगरी साप्ताहिक पुरस्कारका रूपमा ग्राहकले मार्सल स्पिकर  र अनर २०० तथा दैनिक पुरस्कार अनर च्वाइस इयरबड एक्स५ र साइकेई जीटी वाच जित्न अवसर पाउने छन् ।

अनर नेपालका राहुल राठीले दशैंको अवसरमा ग्राहक लक्षित योजना सार्वजनिक गर्न पाएकोमा खुसी लागेको बताए ।

कुनै पनि अनर स्मार्टफोन खरिद गर्ने ग्राहकले खल्ती एपमार्फत दामी क्यूआर स्क्यान गरेर आफ्नो पुरस्कार थाहा पाउन सकिने कम्पनीले जनाएको छ ।

यस योजनाबारे थप जानकारी अनरको सामाजिक सन्जाल पेज र वेबसाइट मार्फत लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?