+
+

फिल्म साउथ एसिया मंसिर ६ देखि ललितपुरमा, ४७ डकुमेन्ट्री देखाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १६:५५

काठमाडौं । फिल्म साउथ एसियाको १४ औं संस्करण आगामी मंसिर ६ देखि ९ गते (नोभेम्बर २१-२४)सम्म आयोजना हुने भएको छ । यस वर्षको संस्करणमा ४७ डकुमेन्ट्री स्क्रिनिङ गरिने फेस्टिभलको वेबसाइटमा उल्लेख छ ।

फेस्टिभलले प्रदर्शन हुने डकुमेन्ट्रीको लाइनअप पनि सार्वजनिक गरेको छ । नेपालसहित दक्षिण एसियाली मुलुकहरु भारत, श्रीलंका, भुटान, पाकिस्तान र बंगलादेशका फिल्म प्रदर्शन हुनेछन् ।

छोटा फिल्म र वृत्तचित्रको मेला समेत मानिने फिल्म साउथ एसिया ललितपुरस्थित पाटनको यलमाया केन्द्रमा आयोजना हुन्छ । यसपटक नियमित डकुमेन्ट्री प्रतिस्पर्धासहित विद्यार्थीले तयार पारेका फिल्म पनि देखाइने उल्लेख छ । ‘फ्रम द नेबरहुड’ विधामा मंगोलियाको फिल्म ‘आइ विल कमब्याक डान्सिङ इन द ड्युन्स’ स्क्रिनिङ हुनेछ ।

यस वर्षको फेस्टिभलमा नेपालबाट टासी लाजोमको फिल्म ‘नो मोनास्ट्री नो भिलेज’, राजन कठेत र सुनिर पाण्डेको ‘नो विन्टर होलिडेज’, समग्र शाहको ‘वेगिङ टेल’, सुविना श्रेष्ठको ‘देवी’ स्क्रिनिङ हुनेछन् ।

यसअघि टोरन्टो र न्युजिल्याण्डका डकुमेन्ट्री फेस्टिभलमा प्रिमियर भइसकेको ‘देवी’को फिल्म साउथमा दक्षिण एसियाली प्रिमियर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?