+
+

हिउँदे अधिवेशनमा पर्यटनसँग सम्बन्धित ऐन संशोधन हुन्छ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १७:१२

१ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐन संशोधन हुने बताएका छन् ।

मंगलबार नेपाल पर्वतारोहण संघको ३४औं वार्षिक सधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेन अगावै ऐनहरूलाई मूर्त रूप दिइने बताए ।

‘हिजो मात्रै संसदको अधिवेशन अन्त्य भएको छ । हामीले पर्यटन, संस्कृति, हवाई उड्यन, लगायत नीति परिमार्जन गर्न खोजिरहेका छौं, संसदको हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिम रूप दिने छौं,’ मन्त्री पाण्डेले भने ।

मन्त्री पाण्डेले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आह्वान गरे ।

उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?