+

बागमती प्रदेशले स्केट बोर्ड प्रतियोगिता गर्ने

२०८१ असोज  १ गते १८:११ २०८१ असोज १ गते १८:११
बागमती प्रदेशले स्केट बोर्ड प्रतियोगिता गर्ने

१ असोज, काठमाडौं। बागमती प्रदेशले स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा असोज ४ र ५ गते काठमाडौंमा  स्केटबोर्ड प्रतियोगिता गर्ने भएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित खेलकुद पत्रकार मञ्चमा  पत्रकार सम्मेलनको गरेर ‘जाम जाम स्केट जाम’ स्केटबोर्ड प्रतियोगिताको आयोजना गर्न लागिएको वाग्मती प्रदेश स्केट बोर्डका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा स्केट बोर्ड र रोलर स्केट गरी दुई विधामा प्रतियोगिता हुनेछ। बागमती सातै प्रदेशका लगभग १७० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले बताएका छन् ।

प्रतियोगिता दुई ठाउँमा हुने

असोज ४ गते थापाथलीस्थित इन्जिनियरिङ कलेजमा हुने रोलर स्केटमा १०० प्रतिस्पर्धी हुनेछन् भने स्केट बोर्ड पुल्चोक क्याम्पसको कोर्टमा हुनेछ । जसमा ७० खेलाडी सहभागी हुनेछन्।

प्रतियोगिताको २ विद्या रहनेछ भने यस प्रतियोगिता खुल्ला प्रतियोगिता हुनेछ । यसमा लैङ्गिक तथा उमेरको हदबन्दी रहेको छैन । हरेक विद्याको शीर्ष चारले नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा दुवै विद्याका प्रथम हुने खेलाडीले ३० हजार, दोस्रो स्थानका खेलाडीले १५, तेस्रोले १० र चौथो हुने खेलाडीले ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको कुल अनुमानित बजेट आठ लाख रुपैयाँ रहेको छ । दुवै इभेन्टमा ४ ÷४ लाख खर्च हुने अनुमान गरिएको छ । यसमा संलग्न हुने खेलाडीले १ हजार दर्ता शुल्क तिर्नु पर्ने हुन्छ । यसमा काठमाडौं बाहिरबाट आउने खेलाडीर्ला आवसको समेत व्यवस्था रहेको अयोजक टिमले जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले स्थानीय पालिकाहरूसँग खेलको विकासका लागि समन्वय गर्दै अघि बढ्ने बताए । यस क्रममा नीति अनुरुप काठमाडौं महानगरपालिकाबाट स्केट बोर्डको पूर्वाधार बनाउन जग्गा प्राप्त भइसकेको उनले बताए ।

स्केट बोर्ड प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय