+

आर्मीको चौथो जित, कोशीको दोस्रो हार

२०८१ असोज  १ गते १९:०८ २०८१ असोज १ गते १९:०८
आर्मीको चौथो जित, कोशीको दोस्रो हार

१ असोज, काठमाडौं। त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई हराउँदै महिला लिगमा आफ्नो चौथो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले कोशीलाई ५-० ले हराएको हो ।

आर्मीको लागि विमला चौधरी र अनिता लम्लेजले समान २÷२ गोल गरे । पहिलो हाफको आठौं र १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै अग्रता दिलाइन् ।

खेलको २१ औं मिनेटमा हिमा चौधरीले गोल गरिन् । ३८औं मिनेटमा अनिताले गोल गर्दै पहिलो हाफमा नै आर्मीले ४–०को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा अनिता लम्जेलले ६० औं मिनेटमा गोल गरिन् । त्यसपछि भने कोशीले निकै राम्रो डिफेन्सिभ खेल खेल्यो । आजको पहिलो खेलमा विभागीय क्लब एपिएफले संकटा क्लबलाई ३-० ले हराएको थियो ।

आजको जितसँगै आर्मीले ६ खेलमा ४ जितसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

आर्मीले ६ खेलमा ४ जित १ हार १ बराबरी खेलेको छ । त्यस्तै कोशी प्रदेश भने ६ खेलमा ३ जित १ बराबरी र २ हारसहित चौथो स्थानमा रहेको छ ।

कोशी प्रदेश त्रिभुवन आर्मी क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय