+

एसियाली ट्रेल मास्टरका पदक विजेता खेलाडीको स्वागत

२०८१ असोज  १ गते २०:४० २०८१ असोज १ गते २०:४०
एसियाली ट्रेल मास्टरका पदक विजेता खेलाडीको स्वागत

१ असोज, काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रेल मास्टर च्याम्पियनसिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।

मलेसियाको सबाहमा यही सेप्टेम्बर १२ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र १ कांस्य पदक जितेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, वरिष्ठ उपाध्यक्ष खत्रीलगायतका पदाधिकारीले खेलाडीलाई बधाइ दिदै स्वागत गरे ।

महिला ७८ किलोमिटर दूरी नेपाली धाविका प्रिया राईले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी थिइन् । सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन् ।

रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय लगाइन् । महिलामा नेपालबाट ५ खेलाडीले सहभागिता जनाएकोमा छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार छैटौं र आङ फुर्वा शेर्पा २२ औं स्थानमा रहे । ३५ खेलाडी सहभागी थिए ।

पुरुष ७८ किलोमिटर दूरीमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १० औं, लोकेन्द्र राईले १४ औं, फुर्पासिंह तामाङले २२ औं र मिलन राईले २७ औं स्थानमा दौड टुंग्याए ।

च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय