
२ असोज, काठमाडौं । नेपाल र क्यानडाबीच आज परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्ता हुँदैछ । असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुगेकी मन्त्री आरजु राणा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो ।
ओटावास्थित नेपाली राजदूतावासका अनुसार आजै परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठक तथा संविधान दिवसका अवसरमा दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।
क्यानडाका परराष्ट्रमन्त्री जोलीको मैत्रीपूर्ण निमन्त्रणामा उक्त बैठकमा भाग लिन राणा मंगलबार क्यानडा पुगेकी हुन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4