+

पारालिम्पिक पदक विजेता पलेशालाई फ्रान्स दूतावासको सम्मान

२०८१ असोज  २ गते ९:४७ २०८१ असोज २ गते ९:४७
पारालिम्पिक पदक विजेता पलेशालाई फ्रान्स दूतावासको सम्मान

२ असोज, काठमाडौं । नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ ।

काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो ।

पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि खेलकुदमा अहिलेसम्मको ठूलो उपलब्धि गर्वको क्षण थियो । उनले कांस्य भिडन्तमा सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै ऐतिहासिक पदक जितेकी हुन् ।

नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको ६ दशक र पारालिम्पिकमा सहभागिता जनाउन थालेको दुई दशकपछि पलेशाले कुनै पनि ओलम्पिक खेलकुदमा नेपालका लागि आधिकारिक पदक जित्ने पहिलो खेलाडी बनेकी हुन् ।

कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत भर्जिनए कोटेभालले पलेशाको कडा मिहिनेत र सफलतामा बधाई व्यक्त गरेका थिए ।

‘पलेशा, तपाईं आशा र संकल्पको किरण हुनुहुन्छ । तपाईंको यात्राले सपना देख्ने र चुनौतीहरू जित्ने साहस देखाउँछ । तपाईंले नेपाली खेलाडीको अथाह प्रतिभा विश्वसामु उजागर गर्नुभएको छ,’ कोटेभालले भने ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायत विभिन्न व्यक्तिगहरुको उपस्थिति थियो ।

पलेशा गोबर्धन फ्रान्स दूतावस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय