+
+

साहस ऊर्जाको बोनस सेयर घोषणा, शतप्रतिशत हकप्रद जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १०:४२

२ असोज, काठमाडौं । साहस ऊर्जाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीका लागि ८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । साथै कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश पनि घोषणा गरेको छ ।

यो लाभांश आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् । लाभांश पारित गर्न कम्पनीले कात्तिक ४ गतेका लागि साधारणसभा बोलाएको छ । असोज १३ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

यसैबीच बोनस सेयर जारीपछि कायम चुक्ता पूँजी ३ अर्ब ७८ करोडको १ बराबर १ अनुपातमा हकप्रद सेयर पनि निष्कासन गर्ने भएको छ । बुधबार बजार खुल्नुअघि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५८३ रुपैयाँ छ ।

साहस ऊर्जाको संस्थापक, स्थानीयबासी र कर्मचारीको सेयरमा असोज १६ गतेपछि लकइन अवधि सकिँदैछ । सो कम्पनीको २ करोड ८२ लाख १० हजार कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?