+
+

राज सागरले ल्याए ‘गाजल नलगाऊ’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते ११:३७

काठमाडौं । गायक राज सागरले नयाँ गीत ‘गाजल नलगाऊ’ ल्याएका छन् । कमल बाछिटेका शब्द र राजकै संगीत रहेको गीतले मायाप्रेम, सौन्दर्य र सम्बन्धको भाव बोक्छ । गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन् ।

नितिन चन्दले निर्देशन गरेको गीतको भिडियोमा स्मारिका ढकाल, विक्रम पोखरेल ऋषि, रोजन सुन्दास र राज स्वयं फिचर्ड छन् ।

‘गाजल नलगाऊ’को गीतमा टिकटक भिडियो प्रतिस्पर्धा समेत गरिने भएको छ । प्रतियोगितामा प्रथम हुने प्रतिस्पर्धीलाई करिब ५० हजार बराबरको लेनोभो ब्राण्डको ल्यापट पुरस्कार दिइने जनाइएको छ ।

करिब ३०० गीत गाइसकेका राजले सामाजिक सेवा समेत गर्दै आएका छन् । हालै उनले मिर्गौला पीडित सुरेश विक, क्यान्सर पीडित बालक विप्लव पौडेललाई उपचारमा सहयोग गरेका छन् । यस्तै भूकम्पबाट भत्किएको चाँगुनारायण उच्च माध्यमिक विद्यालयको जीर्णोद्वारका लागि पनि आर्थिक सहयोग गरेको राजले बताएका छन् । पत्रकार कुमार अछामीको उपचारका लागि पनि पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । युद्धपीडित युक्रेनी बालबालिकाका लागि समेत उनले आर्थिक सहयोग गरेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?