+
+

म्युजिक भिडियोका लागि ‘दर्पणछाया’ जोडी उत्तम र निरुता काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १२:१५

काठमाडौं । चर्चित फिल्म दर्पणछाया, लहना र उपहार जस्ता फिल्ममा सहकार्य गरेको उत्तम प्रधान र निरुता सिंहको जोडी यतिबेला काठमाडौंमा छ । तर यसपटकको उनीहरुको नेपाल आगमन फिल्मका लागि नभएर संगीतको लागि हो ।

सांगीतिक भिडियोमा अभिनय गर्न यी दुईजना मंगलबार काठमाडौं आइपुगेका छन् । झण्डै १२ वर्षपछि आफूहरुले सहकार्य गर्न लागेको प्रधानले अनलाइनखबरलाई बताए ।

‘मेरो एक जना फ्यान हुनुहुन्छ । उहाँको श्रीमानको कोरोनाले निधन भएको रहेछ । श्रीमतीले गाना लेख्नुभएको रहेछ । कहिल्यै पनि म्युजिक भिडियो गर्दिन भनेको थिएँ, मान्नुभएन’ उत्तमले भने ।

बबी सुब्बा लिम्बूले लेखेको गीत ‘यो जुनी यस्तै भो’को छायांकन तीन दिन चल्नेछ । ६ वर्षपछि नेपाल आएका उत्तमको काठमाडौं बसाइ तीन दिनको हुनेछ । यो गीतमा हरि लम्सालको संगीत, उदयराज पौडेलको संगीत संयोजन र केशव भावुकको स्वर समावेश छ ।

यतिबेला उत्तम फिचर फिल्मको तयारीमा व्यस्त छन् । तिहारलगत्तै छायांकन गर्ने गरी तयारी भइरहेको उनले बताए । उत्तमको आफ्नै पटकथा र निर्देशन रहने फिल्ममा उनीसहित निरुता सिंह, दिलीप रायमाझी, सुनिल थापा लगायतको अभिनय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?