+
+

रास्वपा राष्ट्रिय भेला : रविको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिले धारणा राख्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १२:५२

२ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलाका प्रतिनिधिले सभापति रवि लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा धारणा राख्न नपाउने भएका छन् ।

हिजोदेखि सुरु भएको राष्ट्रिय भेला आज साँझ सकिँदैछ । भेला समापन अघि सभापति लामिछानेको प्रतिवेदन पेश हुने कार्यतालिका बनाइएको छ । सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पेश गर्ने समय अपरान्ह ४:३० बजेका लागि तय गरिएको छ ।

राजनीतिक प्रस्ताव पेश, अनुमोदन, केही अभियानको घोषणा, महाधिवेशनको मिति र स्थान घोषणा ४:३० बजेबाट सुरु भई एक घण्टामा सकिने गरी कार्यतालिका बनाइएको छ ।

राजनीतिक प्रतिवेदन पेश लगत्तै भेलाको समापन गरिने भएकाले सहभागीहरुले प्रतिवेदन माथि सुझाव समेत दिन नपाउने भएका छन् । सभापति लामिछाने बाहेक अन्यले पेश गरेका प्रतिवेदनमा भने सहभागी प्रश्न राख्ने पाउने व्यवस्था गरिएको छ ।

‘कार्यतालिकामा सभापतिको प्रतिवेदनमा बोल्न समय नपाउने गरी बनाइएको छ। तर, सहभागीहरूले छलफल गर्न दिनुपर्ने कुरा उठेको छ। के हुन्छ । हामीलाई जानकारी दिईएको छैन।’ एक प्रतिनिधिले अनलाइनखबरसँग भने।

भेलामा सात प्रदेशका प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग प्रतिवेदन माथि सामूहिक छलफलको कार्यतालिका बुधबार विहान ७ देखि ११ बजेसम्मका लागि तोकिएको थियो । दस्तावेजमा आधारित प्रश्नोत्तर ११:४५ देखि २:४५ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

सभापति बाहेक अन्यले पेश गरेका प्रतिवेदनको आवश्यक संशोधनको समय ३:१५ देखि ४:३० बजेसम्मका लागि समय छुट्याइएको छ । त्यसपछि सभापतिको राजनीतिक प्रतिवेदन पेश हुने र अनुमोदन गर्ने कार्यतालिका बनाइएको छ ।

हेर्नुहोस्  रास्वपाको दोस्रो दिनको कार्यतालिका : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?