+

यी ५ टिप्स अपनाएर तौल घट्ने होइन, बढ्न सक्छ

२०८१ असोज  २ गते १३:५४ २०८१ असोज २ गते १३:५४
यी ५ टिप्स अपनाएर तौल घट्ने होइन, बढ्न सक्छ

धेरै मानिस वजन कम गर्ने हतारमा कुनै पनि भ्रामक जानकारी वा सल्लाहको भर पर्छन् । कतिपय मानिस तौल घटाउन किटो डाइट, लो कार्ब डाइट गर्छन् । कसैले भने तौल कम गर्ने चक्करमा खाना नै छोड्छन् । के साँच्चै यी विधि मार्फत तौल कम हुन्छ त ?

हिजोआज सामाजिक सञ्जाल र इन्टरनेटमा तौल घटाउने हजारौं तरिकाहरू छन्, तर यीमध्ये प्रत्येक विधि सबैका लागि सही नहुन सक्छ । केही विधिहरू स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ । त्यसैले कुनै पनि नयाँ आहार वा व्यायाम दिनचर्या सुरु गर्नुअघि विशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ ।

तौल घटाउन कुनै सर्टकट वा सजिलो तरिका हुँदैन । विज्ञहरूका अनुसार तौल घटाउन आफ्नो शरीरको प्रकार, स्वास्थ्य अवस्था, उमेर र अन्य धेरै कुरालाई ध्यानमा राखेर आहार वा व्यायाम दिनचर्या पालना गर्नुपर्छ । यदि सर्टकट मार्फत तौल घटाउने प्रयास गरियो भने तौल घट्नुको साटो बढ्न सक्छ ।

कार्बोहाइड्रेट पूर्ण रूपमा त्याग्नुपर्छ

तौल कम गर्न कार्बोहाइड्रेटलाई पूर्ण रुपमा त्याग्नुपर्छ भन्ने एउटा गलत धारणा धेरैमा हुन्छ । तर यो धारणा गलत हो तौल कम गर्न कार्बोहाइड्रेट खान छोड्नु पर्दैन कम गरे हुन्छ । सामान्य कार्बोहाइड्रेट मैदाबाट बनेको खानेकुरा विशेषगरी जंकफुड, फास्टफुड खानेकुरा कम खानुपर्छ । आहारमा सम्पूर्ण अन्न, फलफूल र तरकारी जस्ता जटिल कार्बोहाइड्रेट समावेश गर्नुपर्छ ।

तौल घटाउन मात्र व्यायाम गर्नुपर्छ

तौल घटाउन व्यायाम र आहार दुवै महत्त्वपूर्ण हुन्छ । यी दुई एकअर्काका पूरक हुन् । यदि केवल व्यायाममा ध्यान केन्द्रित गरेर तौल कम गर्छु भनेर सोचिन्छ र आहारमा नियन्त्रण गरिएन भने तौल घटाउन गाह्रो हुन्छ । व्यायाम मात्र गरेर तौल कम हुँदैन ।

केवल क्यालोरी काउन्टमा ध्यान दिनुपर्छ

क्यालोरी काउन्ट तौल कम गर्न लागि आवश्यक हुने एउटा पाटो हो । तर क्यालोरी कुन खानाबाट लिइरहेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । तौल कम गर्न जंकफुडबाट टाढा रहनुपर्छ र पोषक तत्त्वले भरिपूर्ण आहार छनोट गर्नुपर्छ ।

कडा डाइट प्लान अपनाउनुपर्छ

तौल घटाउने लक्ष्य एकदमै कम आहार खाएर हासिल गर्न सकिन्छ, तर त्यो लामो समयसम्म रहँदैन । एकदमै कम खाना खाएर तौल कम गरियो तर पछि फेरि आफ्नो सामान्य खाने बानीमा फर्किएपछि तौल पहिलेको भन्दा बढी बढ्न सक्छ । त्यसकारण सधैंभरि पालना गर्न सक्ने डाइट प्लान अपनाउनुपर्छ ।

तौल कम गर्न सप्लिमेन्टको सेवन गर्नुपर्छ

वजन कम गर्न विभिन्न सप्लिमेन्टको प्रयोग गर्ने चलन पनि बढ्दो छ । तर कुनै सप्लिमेन्ट सेवन गर्नुभन्दा अघि त्यसको बारेमा सम्पूर्ण जानकारी लिनुपर्छ । कुनै सप्लिमेन्ट महंगो त हुन्छन्, तर प्रभावकारी भने हुँदैनन् । त्यसैले कुनै पनि सप्लिमेन्ट प्रयोग गर्नुअघि विशेषज्ञको सल्लाह लिनुपर्छ ।

तौल घटाउन धेरै उपाय छन् । तर सबै उपाय सबैका लागि उपयोगी नहुन सक्छ । सामान्यतया, तौल घटाउन सन्तुलित आहार, नियमित व्यायाम र जीवनशैलीमा केही सकारात्मक परिवर्तन गर्नुपर्छ । कुनै पनि नयाँ आहार, व्यायाम वा दिनचर्या सुरु गर्नुअघि विशेषज्ञको परामर्श लिनु फाइदाजनक हुन्छ ।

तौल घटाउने स्वास्थ्य
आयुष अधिकारी
लेखक
आयुष अधिकारी
पोषणविद्

अधिकारी हाल काठमाडौं हेल्दी च्वाइसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय